- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डोनेसियामा फेरि भूकम्पले अत्याएको छ । लगातार भूकम्प जाने क्रममा बिहिबार बिहान ११ बजेर १० मिनेटमा इन्डोनेसियाको टोडो क्षेत्रमा ५.९ रिक्टर स्केलको भूकम्प गएको हो ।
मात्र ३ किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दू रहेकाले धेरै नै प्रभाव पारेको प्रारम्भिक जानकारी दिइएको छ ।
भूकम्पको केन्द्रबिन्दू भएको स्थल वेष्ट नुसा टेन्गाराको गिलि एयरबाट १४ किलोमिटरको दूरीमा पर्दछ ।
यही महिनाको अन्त्यदेखि एसियाली खेलकुद हुँदै गर्दा इन्डोनेसियामा भूकम्पले तर्साइरहेको छ ।