arrow

कोलम्बियाले दियो प्यालेस्टाइनलाई सार्वभौमराष्ट्रको मान्यता

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
santos.jpg

 काठमाडौं । कोलम्बियाले प्यालेस्टाइनलाई सार्वभौमराष्ट्रको मान्यता दिने निर्णय गरेको छ । नयाँ राष्ट्रपति इभान ड्युकले कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि कोलम्बियाले यस्तो निर्णय गरेको हो । 

अगष्ट ३ को मिति राखेर सार्वजनिक गरिएको एक पत्रमा कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोषले प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिएको उल्लेख गरिएको छ । यसमा सान्तोषका विदेशमन्त्री मारिया एन्जेता होगुइनको हस्ताक्षरसमेत रहेको छ । 

नयाँ विदेशमन्त्री कार्लोस होल्मेसरले भने आफूले यसअघिको सरकारले गरेको जटिल निर्णयहरुको पुनरावलोकन हुने बताए । उनले अन्तर्राष्ट्रिय नियम र कूटनीतिक अभ्यासअनुसार नै आगामी दिनमा विदेशी मुलुकहरुसँगको सम्बन्धको विषयमा निर्णय गरिने बताए । 

विदेशमन्त्री होल्मेसले आफ्नो सहयोगी मुलुकहरुसँग सौहार्दपूर्ण सम्बन्धको विस्तारको लागि आफूले सक्दो प्रयास गर्ने बताए । यो घोषणा सार्वजनिक हुनुभन्दा अगाडि कोलम्बिया र पानामा मात्र यो क्षेत्रमा प्यालेस्टाइनलाई देश नमान्ने मुलुकहरु थिए ।
 
कोलम्बियाको इजरायलसँगको राम्रो सम्बन्ध रहेको छ । सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कोलम्बिया भ्रमणको कार्यक्रम तय भएको भए पनि अन्तिम समयमा आफ्नो गाजा क्षेत्रको समस्या समाधानको लागि भन्दै सो भ्रमण रद्द गरिएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ