arrow

अर्जेन्टिनाको संसदले दिएन गर्भपतनकाे अधिकार

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
argentina.jpg

काठमाडौं । अर्जेन्टिनाको संसदले १४ साताको गर्भपतन वैध हुने प्रस्ताव अस्वीकृत गरेको छ । यो प्रस्तावको विषयमा विवाद भएपछि संसदमा मतदात भएको हो । संसदमा ३८ सांसदहरुले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने ३१ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

अहिलेको यो निर्णयसँगै अबको एक वर्षसम्म यो प्रस्ताव कानुनी मान्यताको लागि पुनः पेश गर्न पाइनेछैन । 

अहिले अर्जेन्टिनामा बलात्कार र आमाको स्वास्थ्य खतरामा पर्नसक्ने भए मात्र गर्भपतन गर्न पाउने नियम छ । संसदमा मतदान चलिरहँदा बाहिर भने प्रदर्शन जारी रहेको थियो । अर्जेन्टिनाका राष्ट्रपति माउसिओ म्याक्रिले यो प्रस्तावको विपक्षमा रहँदै संसदमा रहेका थिए । 

गत जुन महिनामा अर्जेन्टिनाको तल्लो सदनले यो प्रस्ताव पारित गरेको थियो । जतिबेला हजारौं महिलाहरुले यो प्रस्ताव पास हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । उक्त सदन २४ घण्टासम्म चलेको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ