arrow

घोडाघोडि नगरपालिका कार्यालयमा नेविसंघले गर्‍यो तालाबन्दी

logo
देवानन्द न्यौपाने
प्रकाशित २०७५ साउन २४ बिहिबार
NSU_NEW_Flag.jpeg

कैलाली ।  नेपाल विद्यार्थि संघले घोडाघोडि नगरपालिकाको कार्यालयमा अनिश्चत कालीन तालाबन्दी गरेको छ । घोडा घोडि नगरपालिकाले नगर भित्रका बिभिन्न विद्यालयलाई सरोकारवालासंग समन्वय र आवश्यक छलफल नै नगरी आफ्नो मनोमानी ढंगले समायोजन तह मिलान गर्न लागेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको नेपाल विद्यार्थि संघका नेता  घोडाघोडि बहुमुखि क्याम्पस ईकाई सभापति कमल जंग सिंह द्धारा हस्ताक्षेरीत विज्ञाप्तीमा उल्लेछ ।

यस अघि पटक पटक नगरपालिकासंग एक लौटी ढंगले विद्यालय समायोजन नगर्न लित तथा मौखिक रुपमा आग्रह गर्दा पनी वेवास्ता गदै अगाडि बढ्न लागेको भन्दै अबैधानिक तवरले गर्न लागेको विद्यालय समायोजन तथा तह मिलान तत्काल फिर्ता लिन माग गदै तालाबन्दी गरीएको जनाइएको हो ।

नगरपालिकाले समन्वयको सट्टा प्रतिस्प्रधा र सम्बेदन शिलताको सट्टा गैर जिम्मेवारी पुर्ण निणर्य गर्दा पुःन एक पटक ताला लगाउन बाध्य भएको नेपाल विद्यार्थि संघद्धारा जारी विज्ञाप्तीमा उल्लेख  गरीएको छ ।

नेपाल विद्यार्थि संघले विद्यालय समायोजनको प्रकरण अबैधानीक भएको भन्दै यस अघि पनी तालाबन्दी गरेको नेविसंघका नेता ललित देउवार्ले  जानकारी दिनु भएको छ । नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कार्यालयबाट नगर बासिलाई प्रबाह हुने दैनिक सेवा ठप्प भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ