arrow

कञ्चनपुरमा साउन माहिनामा ६ वटा बलात्कारका घटना

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन २४ बिहिबार
Rape-Cases.jpg

पुनर्वास । पश्चिम नेपालको कञ्चनपुरमा बढ्दै गएका बलात्कार र बलात्कारको प्रयासका घटना चालू आर्थिक वर्षको सुरुकै एक महिनामा ६ वटा हुँदा महिला तथा बालिकाको सुरक्षामा चुनौती बढेको छ ।

कञ्चनपुरमा चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै जबर्जस्ती करणीका घटना ३ वटा र करणीको प्रयासका ३ वटा गरि ६ वटा घटना देखिदा महिला तथा बालिकाको सुरक्षामा चुनौती थपिएको हो । पश्चिम नेपालको कञ्चनपुरमा मात्रै गत आर्थिक वर्षमा जबर्जस्ती करणीका २१ वटा घटना दर्ता भएका छन् । गत वर्षका जबर्जस्ती करणीका २१ मध्य २० वटा घटनामा संलग्नलाई पक्रन प्रहरी सफल देखिएको छ भने एउटा पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।

चालु आर्थिक वर्षको साउनमा भएका जबर्जस्ती करणी र प्रयासमा संलग्न ६ मध्य ५ वटा घटनामा प्रहरी सफल देखिएको छ भने गत साउन १३ गते महेन्द्रनगरमा भएको १४ वर्षिया बालिकाको बलात्कार पछि हत्यामा संलग्न ब्यक्तिको भने पहिचान हुन नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी सेठीले बताए ।

दिनहुँ जसो हुँदै गरेका जबर्जस्ती करणी र करणीका प्रयासका घटनाहरु कारण समाजमा बालिका सुरक्षाको चिन्ता बढेको छ । साउन १३ मा भएको बालिका बलात्कार र हत्याको घटनामा संलग्नको पहिचानमा प्रहरी असफल देखिँदा कञ्चनपुरमा प्रहरी आलोचित बनेको छ ।

जिल्लाको दक्षिणी भेगको पुनर्वास क्षेत्रमा मात्रै असार र साउन यी दुई महिनाको अबधिमा जबर्जस्ती करणीका ३  र करणीको प्रयासका २ वटा गरि  ५ वटा घटना भएका छन् ।  

दिनहुँ किन बढिरहेका छन त बलात्कार जस्त जघन्य अपराधका घटना यो बिषय जटिल सवाल बन्दै गएको छ । समाजमा बढ्दै गएको लागू औषध दुर्ब्यसनी,मादक पदार्थका दुर्ब्यसन र समाजमा देखिएको बिचलनका कारण जबर्जस्ती करणी जस्ता जघन्य अपराधको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सेठीले बताए ।

समाजमा प्रहरीको पहुँच बढेकै कारण पनि बलात्कार जस्ता जघन्य अपराधका घटनाहरुको उजुरी र मुद्दा दर्ता भएकाले घटनाको तथ्यांक बढी देखिएको हो । बिगतमा महिला तथा बालिका बलात्कारका घटना हुँदा प्रहरीकहाँ उजुरी नआई समाजमै मिलापत्र गराउने गरिदाँ घटना न्युन मात्र उजागर हुने गर्थ्ये तर अहिले घटनाको बारे प्रहरीमा उजुरी दिने समाजमा चेतना वृद्धि भएको र समाज र प्रहरी बिच पहुँच बिस्तार भएकाले जघन्य अपराधका घटनाका मुद्दाको तथ्यांक बढ्न गएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ