arrow

गृहमन्त्रीले संसदीय समितिमै भने–'निशान अपहरण'मा संलग्नको ईन्काउन्टरबारे छानविन हुन्छ  

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
badal1.JPG

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काँडाघारीमा बस्ने ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न दुई अपहरणकारीको ईन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् । 

संसदको राज्यव्यवस्था समिति बैठकमा गृहमन्त्री थापाले निशानको अपहरणपछि हत्या गरेका गोपाल र अजय तामाङको ईन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका हुन् ।

बैठकमा उनले भने, ‘विशेष गरेर यो ईन्काउन्टरबारे सरकारको आधिकारीक धाराणा बाहिर आईसकेको छैन, यो बारेका छानविन गरेर स्पस्ट पार्छौँ ।’

राज्य व्यवस्था समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले गरेको ईन्काउण्टर शंकास्पद भएकाले ईन्काउण्टरको अवस्था सृजना हुनुको कारणबारे सोधपुछ गर्न प्रहरी महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे ।

गएको सोमबार प्रहरीले सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङ मुठभेडमा मारिएको भनेको थियो । प्रहरीले अपहरणकारीसँग जम्काभेट हुँदा आफुहरुमाथि गोली चलेको र आत्मरक्षाको लागि गोली चलाएको वक्तव्य निकालेको छ ।

तर, प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन ‘बनावटी ईन्काउण्टर’गरेको भन्दै आलोचना भएको छ । अपहरणमा संलग्न भनिएका गोपाल र अजयको डेरासँगै जोडिएका मान्छेले उनीहरुलाई कोठामा ढोका थुनेर कुटेको र पछि प्रहरीकै गाडिमा हालेर जंगलतिर लगेको बताएका छन् । घटनापछि बाहिर आएका कुराहरुलाई लिएर पूर्व प्रहरी उच्च अधिकारीहरुले प्रहरी अनुसन्धानबारे प्रश्न उठाएका छन् । उनीहरुले यसरी मान्छे मार्न नपाईने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ