इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३ सय १९ पुग्यो
प्रकाशित २०७५ साउन २४ बिहिबार
503
Shares
तानजुङ, इन्डोनेसिया। इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ। यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो। यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ।
यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ सय १९ इन्डोनेसियका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिएका छन्। उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या एक सय ६४ पुगेको यसअघि जानकारी दिइएको थियो। एपी