arrow

दानको पैसाले विलासी कार किन्ने बौद्ध भिक्षुलाई ११४ वर्षको जेल सजाय

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
thai_monk.jpg

एजेन्सी। थाइल्याण्डको एक अदालतले एक बौद्ध भिक्षुलाई ११४ वर्षको सजाय सुनाएको छ। उनको मुद्दा चलेको  एक वर्षपछि अदालतले यस्तो फैसला सुनाएको हो। सन् २०१३ मा नै बौद्ध भिक्षु भुरफोन सुकफोन चर्चामा आएका थिए। जतिबेला उनको एक निजी विमानमा चस्मा लगाएको र एक ब्याग बोकेको तस्बिर सार्वजनिक भएको थियो। 

३९ वषीय सुकफोन त्यसपछि अमेरिका भागेका थिए तर नाबालिकालाई बलात्कार गरेको र दानकर्ताहरुलाई धोका लिएको आरोपपछि भने उनलाई स्वदेश फर्काइएको थियो। दानकर्ताहरुले विश्वको सबैभन्दा ठुलाे बुद्धको प्रतिमा बनाउनका लागि उनले पैसा दिएका थिए । परीक्षणको क्रममा उनले सो पैसाले लक्जरी कार खरिद गरेको खुलेको थियो। साथै उनको केही बैंकहरुमा सात लाख डलरको सम्पत्ति रहेको खुलेको थियो। 

बैंकको एक अदालतका अधिकारीले सुकफोनमाथि सम्पत्ति लुटेको, धोका दिएको, अनलाइन चन्दा उठाउनका लागि साइबर क्राइम गरेकोलगायतका मुद्दाहरु रहेको बताएका छन्। अधिकारीहरुका अनुसार न्यायाधीशले यो मामिलामा उनलाई दोषी ठहर गरेका थिए र ११४ वर्षको जेल सजाय सुनाइएको हो। थाइल्याण्डको कानुनअनुसार सुकफोनलाई २० वर्षभन्दा बढी समय जेल बस्नु पर्दैन तर उनले दानकर्ताहरुको ८ लाख ६१ हजार ७ सय डलर फिर्ता गर्नुपर्ने बताइएको छ। 

एक सरकारी अधिकारीले उनीमाथिको बलात्कारको मुद्दाको फैसला भने आगामी अक्टोबर महिनामा आउने सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ