- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इस्ताबुल। टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएका छन्।
टर्कीको दक्षिणपश्चिम प्रान्त एदिनको कुसादासी जिल्लामा रहेको तटीय क्षेत्र एजिनमा सो दुर्घटना भएको राज्यद्वारा सञ्चालित माध्यम अनाडोलुले जानकारी दिएको छ।
टर्कीको दैनिक समाचार पत्र हुरियेतका अनुसार ग्रीक द्वीपतर्फ गइरहेको यो डुङ्गामा १३ जना गैरकानूनी आप्रवासी सवार थिए।
तीमध्ये चार जनालाई भने उद्वार गरिएको थियो। एजिन समुद्री मार्ग गैरकानूनी आप्रवासीहरुलाई टर्की हुँदै युरोप भित्र्याउने एक प्रमुख मार्गका रुपमा रहेको छ। एपी