नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र विभागहरु पेरिसडाँडामा
प्रकाशित २०७५ साउन २४ बिहिबार
569
Shares
काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ। प्रधानमन्त्रीके सरकारी निवास बालुवाटारमा विहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने र पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक निकायहरुको कार्यालय रहने निर्णय भएको छ ।’
पार्टीको विधान र नियमावली मात्रै प्रकाशन भएको र अब साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय गरिएको उनले जानकारी दिए ।