संघको वार्षिकोत्सव मनाउन महासचिव धना खतिवडा पुगिन म्यागदी
साधन राम्जाली,
प्रकाशित २०७५ साउन २४ बिहिबार
356
Shares
बेनी। नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको ७२ औं स्थापना दिवस देशैभरि बिबिध कार्यक्रम गरि मनाइएको छ। म्याग्दीमा पनि बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाइएको छ।
बिहिबार नेपाल महिला संघ म्याग्दीले नेपाल महिला संघकी केन्द्रीय महासचिव एवम राष्ट्रिय सभाकी सदस्य धना खतिवडाको प्रमुख आतिथ्यतामा प्रतिभा सम्मान एवम भेटघाट कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो।
कार्यक्रमको उद्घाटन गर्दै खतिवडाले नेपालको राजनितीक सामाजिक आर्थिक तथा बिभिन्न परिवर्तनमा महिला संघको योगदान महत्वपूर्ण हुने बताइन्। चुलोचौको आरक्षणमा मात्र सिमीत नभइ महिलाहरु प्रतिस्पर्धाबाट राज्य निर्माणको तहमा पनि पनि पुग्नुपर्ने बताउदै राज्यको माथिल्लो निकायमा महिलाको प्रतिनिधित्व रहेपनि जनसंख्याको हिसावमा अत्यन्तै न्यून प्रतिनिधित्व भएको बताइन्।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवम संबिधान सभाका निवर्तमान सदस्य रेशम बहादुर बानियाँ, कार्यबाहक सभापति माधवप्रसाद रेग्मी, प्रवक्ता अजय मिलन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य गर्दै देशको हरेक परिवर्तनमा महिला संघको भुमिका महत्वपूर्ण रहेको बताएका थिए।
त्यसैगरि नेपाल महिला संघकी केन्द्रीय सदस्य चुनु पोखरेलले कम्युनिष्ट सरकारले भ्रस्टाचार र महंगीलाई बढावा दिएको आरोप लगाउँदै जनताहरुको न्यायका लागि प्रतिकार गर्न बाध्य भएको बताइन्।
नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सदस्य ओमकुमारी पुन मगरले स्वागत गरेकी थिइन्।
कार्यक्रममा अण्डर–१२ राष्ट्रिय फुटलबका टोलीका अनुपम श्रेष्ठ आदर्श श्रेष्ठ र मिस नेवा पोखरा ११३८ वेष्ट फोटोजेनिककी बिजेता स्मृती श्रेष्ठलाई सम्मान गरिएको थियो।