arrow

१४ बुँदे घोषणापत्र र विविध निर्णय गर्दै सकियो पत्रकार महासंघको बैठक

श्रमजीवी पत्रकारको मुद्दा विशेष प्राथमिकतामा

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
fnj-photo.jpg

लुम्बिनी । १४ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । यही साउन २३ र २४ गते लुम्बिनीमा बसेको पूर्ण बैठकले १४ बुँदेमा मिडियासम्बन्धी कानुनहरुलाई नीतिगत रुपमा एकरुपता दिनुका साथै स्वतन्त्र प्रेसविरुद्ध हुने कुनै पनि प्रावधान नआउने सुनिश्चित गर्न आपसमा समन्वय गर्न केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुसंग जोडदार माग गरिएको छ । 

त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न, न्यूनतम पारिश्रमिक तुरुन्त कार्यान्वयन गर्न, पत्रकारहरुको स्वास्थ्य बिमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा तत्काल लागु गर्न माग गरिएको छ । 

यी हुन् चौध बुँदे लुम्बिनी घोषणा पत्र–

अन्य निर्णयहरु–
त्यसैगरी यसका अतिरिक्त बैठकले एक वर्ष बढी समयको कार्यकालको समीक्षा गरिएको र उक्त काम सन्तोषजनक भएको निष्कर्ष निकालिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । 

प्रेस स्वतन्त्रता, पत्रकारहरुको सुरक्षा र श्रमजीवी पत्रकारहरुको हक हितका लागि दवावमुलक तरिकाले कार्यक्रमहरु अघि सार्ने निर्णयसमेत भएको छ । 

त्यसैगरी भदौ १ गतेदेखि मंसिर १५ गतेसम्म महासंघका जिल्ला शाखाले साधारण सभा सक्नुपर्ने निर्णय पनि गरिएको छ । 

बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने निर्णय पनि भएको छ । 

जिल्ला अध्यक्षहरुको भेला गर्ने बारेमा पनि निर्णय भएको छ । 

अपांगतालाई विशेष जोड 
हालै सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने निर्णय गरेको छ । महासंघले यसको स्वागत गरेको छ । 

त्यसैगरी महासंघले अपांगता भएका पत्रकारहरुलाई पनि मासिक भत्ताको व्यवस्था गर्नका लागि सरकारसंग माग गर्ने निर्णय गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ