arrow

अत्यधिक वर्षापछि फ्रान्समा ठुलो बाढी, १६ सयको उद्धार

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
france9.jpg

काठमाडौं । अत्यधिक वर्षापछि फ्रान्समा आएको बाढीबाट प्रभावित १६ सय मानिसहरुको उद्धार गरिएको छ । बाढीबाट प्रभावित हुनेहरुमा क्याम्पमा बसेका मानिसहरु रहेको बताइएको छ । 

अधिकारीहरुले दिएको जानकारीअनुसार यो बाढीमा परी एक ७० वर्षीय जर्मन नागरिक बेपत्ता भएका छन् । फ्रान्सको गार्ड, अर्डेक र ड्रोम बाढीबाट सबैभन्दा बढी प्रभावित बनेका छन् । 

बाढीप्रभावितहरुको उद्धारका लागि ४ सय उद्धारकर्ताहरुका साथै ४ओटा हेलिकोप्टर खटाइएको छ । अहिले धेरैजसो युरोप अत्यधिक गर्मी मौसमको सामना गरिरहेको अवस्थामा फ्रान्समा बाढी आएको हो । फ्रान्सको सरकारले जारी गरेको विज्ञप्तिमा यसअघि नै सरकारले बाढी आउनसक्ने भन्दै सुरक्षित रहनका लागि आग्रह गरेको उल्लेख गरिएको छ । 

फ्रान्सको सेन्ट जुलियन डे पेरोलासमा रहेको एक समर क्याम्पबाट ११९ बालबालिकाहरुको उद्धार गरिएको छ । फ्रान्सको सरकारले दिएको जानकारीअनुसार अहिले बाढी प्रभावितहरुको खोजी कार्य जारी रहेको छ । केही मानिसहरुमा सामान्य चोट देखिएकोले उनीहरुको उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । 

फ्रान्सका नदीहरुको सतह पनि व्यापकमात्रामा बढेको अधिकारीहरुले बताएका छन् । असमान्य ढङ्गले नदीहरुको सतह बढेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ