arrow

संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चल्नुपर्छ : सभामुख घर्ती

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २५ शुक्रबार

बुटवल । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले केन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गरेका छन् ।
 
संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको भन्दै उनले टेम्पोको उदाहरण समेत दिए ।‘एउटा पांग्रा बिना टेम्पु चल्न सक्दैन,त्यस्तैगरी स्थानीय,प्रदेश र संघगरि ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ।’ उनले भने ।

प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यस्लाई छलफलका माध्यमबाट हल गर्नुपर्ने उनको तर्क छ ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले बांझो बारीको डल्लो फुटाउने कोशीशमा रहेको प्रष्ट पारे  ।‘हामी संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरेका हौं,यो बांझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो,संघीय ब्यवस्थालाइ ब्यबस्थित र कार्यान्वयन गर्ने कोशीश गरेका छौं ’ उनले भने ।

उनले आफुहरुका बिचमा केहि सकारात्मक चुनौतीहरु रहेको भन्दै  तत्कालका लागि २ वटा दायित्व निर्बाह गर्नुपर्ने बताए । सभामुख घर्तीले भने—‘तत्कालका लागि प्रदेश कानुन निर्माण गर्न जरुरी त्यसपछि हामी बिकास निर्माणका काम पनि अघि बढाउनुपर्ने दायित्व छ ।’

उनले मुख्य बिषयमा जोड दिन नसकिए संघीयता अलमल हुने बताए । संबिधान कार्यान्वयनमा सबैलाग्न जरुरी रहेको उनको भनाइ छ ।महंगी नियन्त्रण र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले काम गर्नुपर्ने उनको भनाइ छ । ‘अब आर्थिक क्रान्ति जरुरी छ,राजनीतिक मुद्धाहरु अब धेरै छैनन ।’उनले सुनाए ।

प्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताए । उनले अगाडि भने— ‘प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ ,अमुख दल अमुख क्षेत्रको पक्षमा होइन,हुदैन । अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताए ।यो बिषय एमाले र माओबादी एकतापछि मात्रै उब्जिएको समस्या भएको भन्दै उनले न्यायालयले नै निर्णय गर्ने बताए ।

प्रदेशसभाले पहिलो र दोश्रँे अधिबेशनबाट १५ वटा बिधेयक पास गरेको र प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा अड्किएको जानकारी समेत दिए ।प्रदेश ५ मा ५५ पुरुष र ३२ महिला गरि ८७ जना प्रदेश सांसद रहेका छन् । माघ २१, २०७४ बाट शुरु भएको पहिलो अधिबेशन २०७५ बैसाख ३१ सम्म र दोश्रँे अधिबेशन साउन २४ गते अन्त्य भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ