arrow

सुरक्षालाई मध्यनजर गर्दै इप्रका रामपुरले जोड्यो सिसिटिभी

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
rampur.jpg

पाल्पा । समाजमा हुने अपराधिक क्रियाकलापका प्रकृति फरक फरक भएसंगै शान्ती सुरक्षालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले कार्यालयमा सिसिटिभी जडान गरेको छ ।

प्रबिधिको बिकाससंगै बढ्दै गएका बिभिन्न खालका अपराधिक तथा अन्य नवीनतम चुनौतीहरुलाई प्रबिधिको प्रयोग गरि निराकरण गर्ने कार्यलाई प्राथमिकता दिन कार्यालयमा सिसिटिभी जडान गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।

 कार्यालयको परिसर तथा कम्पाउण्ड, कार्यालयको सम्बेदनशील मानिने थुनुवा कक्ष र कार्यालयको मुल गेट र कम्पाउण्डको पुर्व पश्चिम सडक समेतमा देखिने गरि सिसिटिभि जडान गरिएको हो ।

सुनचांदी व्यबसायी संघ रामपुर र ईलाका प्रहरी कार्यालय रामपुरको संयुक्त प्रयासमा सिसिटिभि जडान गरेको हो। यसैभिच इलाका प्रहरी कार्यालय रामपुरले थुनुवा कक्षमा शौचालय निर्माण गरेको छ । थुनुवा कक्षका थुनुवालाई शौचालय जान पर्दा प्रहरीको साथमा परिसरमा रहेको शौचालयमा पुर्याउनुपर्ने बाध्यता थियो ।

 थुनुवा कक्षको निर्माण देखि नै आबश्यकता रहेको थुनुवा कक्षमा अहिले शौचालय बनेपछी थुनुवालाई पनि सजिलो भएको छ । प्रहरीले पछिल्लो समय शान्ति सुरक्षा कायम राख्न रामपुर क्षेत्रमा विभिन्न अभियान संचालन गर्दै आएको छ । प्रहरीले बिधालय , बिद्यार्थी, युवा क्लब संग समन्वय गरि लागू औषध दुर्व्यसनी बिरुद्द सचेतना, ट्राफिक नियम, महिला समूह तथा वडाबासी संग मुलुकी अपराध संहिता ऎन २०७४ तथा जबरजस्ती करणीका बिषयमा कक्षा संचालन गरेको छ ।

ईलाका प्रहरी कार्यालयको  प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक भोजराज पाण्डेयले  छोटो समयमा नै धेरै खालका सुधारका कार्यहरुको थालनीले अपराध रोकथाम र न्यूनीकरण तथा शान्ति सुव्यबस्था एवं अमनचयन कायम गर्ने तथा प्रबिधिमैत्री रामपुर बनाउने अभियानलाई सघाउ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ