arrow

पत्रपत्रिकाको वर्गीकरणमा राजनीतिक आग्रह र कृपावाद हावी भयो : प्रेस युनियन

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । प्रेस काउन्सिलले पत्रपत्रिकाको वर्गीकरणमा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको प्रेस युनियनले बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै युनियनले नियमितरुपमा प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाँउमा कहिलेकाँहि प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएका गुनासा आएको उल्लेख गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले सार्वजनिक गरेको विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाले नेपाल प्रेस युनियनलाई गम्भीर बनाएको उल्लेख गरिएको छ। देशभर पत्रकारहरुमा पनि यो निर्णयको विषयलाई लिएर असहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रपत्रिका वितरण संपरिक्षण समितिको सिफारिसलाई समेत लत्याउँदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको युनियनको आरोप छ ।

काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा युनियनले लिएको छ । पत्रपत्रिका वर्गीकरण पछि दिइने सेवा सुबिधा वितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।

साथै युनियनले काउन्सिल नसच्चिएमा कोपभाजनमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मी साथीहरुका साथमा देशभरका पत्रकार साथीहरुलाई लिएर युनियन आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ