arrow

ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब समयमा बुझाउन असमर्थ

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
air-india.jpg

नयाँ दिल्ली, भारत। ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ। भारतको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीमा कार्यरत कर्मचारीले अगस्टको १० दिन काटिसक्दा पनि जुलाईको तलब पाउन सकेका छैनन्।

तलबमा समस्या आएपछि आक्रोसित कर्मचारी भारतीय व्यवसायिक चालक संघ (आइसीपीए)का महासचिब क्याप्टेन दीपाङ्कर गुप्ताले कम्पनीका अध्यक्ष तथा महानिर्देशकलाई पत्राचार गरेका छन्।

पत्रमा कर्मचारीको तलबमा भएको ढिलाइबारे जानकारी गराउँदै उनले भने, यो कुरा जानकारी गराउँदा मलाई दुख लागेको छ कि राष्ट्रिय ध्वजाबहाकले कर्मचारीको तलबलाई यससँग निरन्तर पाँचौँ महिना ढिलाइ गरेको छ। पटक पटक तपाईहरूबाट आएको आश्वासनका वाबजुद पनि नियमित तलब र उडान भत्ता समयमा पाउन सकिएको छैन।

उनले थपे, कर्मचारीहरूले नियमित रूपमा तलब पाउन नसकेपछि उनीहरू आर्थिक अभाबका कारण समस्यामा परेका छन्। व्यवस्थापन पक्षबाट देखाएको यथास्थितिवादी सोचका कारण राष्ट्रिय ध्वजावाहकको प्रगतिका लागि काम गर्ने कर्मचारीबीच आवेग बढेको छ, पत्रमा उल्लेख गरिएको छ।

गुप्ताले विमान कम्पनीसँग विमानको अनिवार्य मर्मतका लागि चाहिने बजेटमासमेत समस्या देखिएको पत्रमा उल्लेख गरेका छन्। एएनआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ