arrow

क्यानडा बन्दूक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
canadian-town-police.jpg

मन्टेरियल, क्यानडा। क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार विहानै ब्रुकसाइड नजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो।

आक्रमणकारीबाट स्थानीय मारिएको सूचना आएको करिब एक घण्टापछि प्रहरीले एक जना शङ्कास्पद आक्रमणकारीलाई प्रहरी हिरासतमा लिइसकेको जनाएको छ। अहिलेसम्म एक शङ्कास्पद आक्रमणकारीलाई पक्राउ गरी प्रहरी हिरासतमा लिएका छ। न्यू ब्रन्सविक प्रान्तको राजधानीमा भएको उक्त आक्रमणको कारण यो समाचार तयार पार्दासम्म थाहा हुन नसकेको तर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

शहरको आवासीय क्षेत्रमा आक्रमण भएको क्यानाडेली टेलिभिजन सीबीसीले जनाएको छ। घटनास्थलमा सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरूको समूह तथा अग्नी नियन्त्रक पुगेको सीवीसीले जनाएको छ। टेलिभिजनमा प्रहरीले स्थानीयलाई सुरक्षा दिई सुरक्षितस्थलतर्फ लगेको देखाइएको छ।

विहान सात बजे आफूले ऋङ्खलावद्धरूपमा पटकाको आवाज आएको सुनेको स्थानीय रोबर्ट डिडिओडाटोलाई उद्धृत गरी सीबीसीले जनाएको छ। आवाज बन्दूकबाट गोली चलाएकोजस्तो सुनिएको रोबर्टले बताएका सीबीसीले जनाएको छ। घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ। तर क्यानाडाली प्रहरीले घटनामा आइएसको सम्लग्नताको सम्भावनालाई नकारेको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ