arrow

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब विरुद्धको मुद्धामा फेब्रुअरीमा सुनुवाई हुने

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
malaysia-najib-razak.jpg

क्वालालमपुर। मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दामा आउँदो फेब्रुअरीमा मात्रै सुनुवाई हुने भएको छ। ठूलो परिणाममा आर्थिक दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोग लागेका नाजिबको सुनुवाई फेब्रुअरीमा सुरु हुने अदालतले शुक्रबार जनाएको हो।

एउटा कल्याणकारी कोषमा संकलन भएको सम्पत्तिलाई दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र शक्तिको गलत प्रयोग गरेकोलगायतका आरोपहरू ६५ बर्षीय नाजिबमाथी लगाइएको छ।

उनलाई आर्थिक अपचलनसम्वन्धी तीनमुद्दासहित कुल सात ओटा मुद्दा लगाइएको छ। अनुसन्धानका लागि केही दिन पक्राउ परेका नाजिब अहिले भने धरौटीमा रिहा हुनु भएको छ।

उनलाई अघिल्लो महिना गिरफ्तार गरिएको थियो। उनले भने आफुलाई लगाइएका सवै आरोपहरूको पूर्वाग्रही भएको भन्दै अस्वीकार गर्दै आएका छन्। गत निर्वाचनबाट विजयी भएर प्रधानमन्त्री बनेका ९३ बर्षीय नयाँ प्रधानमन्त्री महाथिर मोहमदले भ्रष्टाचार फैलाउन नाजिबको ठूलो भूमिका रहेको बताउदै भ्रष्टाचार विरुद्ध आफुले शसक्त रुपमा काम गर्ने अठोट लिनु भएको छ।

उच्च अदालतका न्यायाधीश मोहमद नाज्लान मोहमद घाजालीले फेब्रुअरीको १२ देखि २८ तारिख सम्म र मार्चको ४ देखि २९ तारिखसम्म नाजिबको सुनुवाई हुने मिति तय गरिएको जानकारी दिए। न्यायाधिवक्ताहरूले झण्डै ५० जना साक्षीहरूलाई बोलाउने अपेक्षा गरिएको छ। 

उनमाथि करिब चार करोड २० लाख मलेसियाली रिंगीट (एक करोड तीन लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएकाले सो आरोप प्रमाणित भएमा उनले १५ वर्ष जेल बस्नुपर्नेछ।

मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेको ‘वन एमडिबी’ नामको आयोजनामार्फत उनले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ