arrow

बालुवाटार गर्दैछ के ? 

‘तिमीहरु मिलाएर गर तर अरुलाई तलमाथि गर्न नदेऊ’

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
baluwatar-pm-quarter.jpg

काठमाडौं। बालुवाटार भन्ने बित्तिकै प्रधानमन्त्रीको सरकारी निवास। त्यो निवासबाटै मुलुक हाँक्ने सबै कुराको गर्भ रचिन्छ। त्यति संवेदनशील क्षेत्रमा अहिले विराजमान छन् प्रधानमन्त्री केपी शर्मा ओली।

प्रधानमन्त्री ओलीदेखि लिएर उनी मातहतका धेरै जना बस्छन् त्यो बालुवाटारमा। कर्मचारीहरु पनि उत्तिकै खटिन्छन्। प्रधानमन्त्रीलाई सल्लाह दिनेदेखि लिएर स्वार्थ लिनेसम्म पुग्ने ठाउँ हो बालुवाटार। 

बालुवाटारमा प्रधानमन्त्री ओलीका त्यति धेरै महत्वपूर्ण काम हुन्छन् जति सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा हुँदैनन्। बालुवाटरमा भएका कतिपय कामलाई सिंहदरबारमा ल्याएर आधिकारिक बनाइन्छ। 

बालुवाटार उच्च स्रोतका अनुसार बालुवाटार पहिलेको जस्तो रहेन। मुलुकमा लोकतन्त्र आएपछि बालुवाटारको साख खस्केको बालुवाटारमा लामो समय बसेका एक कर्मचारी बताउँछन्। उनका अनुसार ‘प्रधानमन्त्री कार्यालयको जुन रबाफ सुन्नमा आनन्द आउँथ्यो अहिले त्यो छैन। अहिले त काखापाखा छन्। आफ्ना अर्काका भनी छुट्टिएका छन्।’

बालुवाटारमा भेटको प्रसङ्ग ? 
बालुवाटार स्रोतका अुनसार अहिले बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता बढी जाने गरेका छन्। यो स्वभाविक छ। किनकि प्रधानमन्त्री नेकपाकै अध्यक्ष छन्। 

तर अपत्यारिलो कुरा यहाँ छ कि तत्कालीन एमालेका अध्यक्ष पनि हुन् ओली। उनकै पार्टीका नेताले समेत ओलीलाई भेट्न पाउँदैनन्। पार्टी एकता हुनुअघिको उनकै पार्टीका मन्त्रीले समेत समय पाउँदैनन्। 

नेताहरुको अवस्था पनि त्यस्तै रहेको छ। ओलीले आफ्नो खेमाका नेतालाई बाहेक अन्यलाई सीधै भेट्ने गरेका छैनन्। तत्कालीन माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहेक अन्य नेतालाई ओली भेट्न कठिन छ। बालुवाटार स्रोत भन्छ, –लामो समयसम्म कुर्छन् अनि बोलावट नआएपछि फर्केर जान्छन्। 

मानवअधिकारकर्मीले समेत सहजै भेट पाउँदैनन्। नेकपाका भएमात्र सम्भावना बढी हुन्छ। स्रोत भन्छ –‘मैले बुझ्नै सकेको छैन। कित्ताकाट हुन्छ जस्तो लाग्छ। कस्तो चरित्रदेखि कस्को मान्छे भनेर बुझेर मात्र भित्र लगिन्छ।’

विपक्षी दलका नेताहरुले प्रधानमन्त्रीलाई भेट्न कठिन छ। आउँदै फर्कदै गरेका उदाहरण धेरै छन्। भेट्न नपाएपछि सामाजिक संजालमा आक्रोश पोख्नुबाट बुझ्न सकिन्छ यो संख्या। 

नीति अनुसार पाटी चल्छ 
बालुवाटारको नीति अनौठो छ। त्यहाँ प्रायः पाटी चलिरहन्छ। त्यो पाटीमा ओलीका नजिकका नेताहरुकै जमघट बढी हुने गरेको छ। पाटीका लागि उदार प्रधानमन्त्री ओलीले नेकपा एकीकरणका बेलामा पनि झण्डै आठ सय नेकपाका नेता तथा कार्यकर्तालाई पाटी दिएका थिए। त्यो सरकारी ढुकुटीबाटै चलेको थियो। सोल्टी होटलमा गरिएको पाटीको बिलसमेत प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको थियो। 

खाना खर्चमा माहिर ओलीले नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा भए पनि मुख्य बैठकहरु बालुवाटारमै डाक्ने गर्छन्। स्रोत भन्छ –बैठक र छलफलपछि निस्फिक्री पाटी चल्छ। 

सुशासनको मुहान सुक्दो 
स्रोतका अनुसार बालुवाटारमा सुशासनको मुहान सुक्दो छ। बाहिर प्रधानमन्त्री ओलीले सुशासनमा कुनै सम्झौता नगर्ने बताए पनि बालुवाटारमा सुशासन छैन नै भने पनि हुन्छ। 

मितव्ययिता छँदै छैन। स्रोत भन्छ –प्रधानमन्त्री ओली बालुवाटार सर्ने दिनदेखि सुशासन खर्चिलो र भड्किलो भएको छ। आफू डेढ वर्षपछि पुनः बालुवाटार फर्के पनि ओलीले आफूलाई चाहिने सामग्रीहरु नयाँ प्रयोग गरे। यहाँ सुशासन ‘जिरो’ हुँदा लाखौं खर्चिनु पर्‍यो। 

‘तिमीहरु मिलाएर गर तर अरुलाई तलमाथि गर्न नदेऊ’ भन्ने उनको नीतिले काम गर्दा बालुवाटार ‘खर्चिलो, भड्किलो, उत्ताउलो र नखरमाउलो भएको छ।’ स्रोत भन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ