arrow

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच के कुरा भयो ?

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
trump-macron-phone.jpg

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ। उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त विज्ञप्तिमार्फत जानकारी दिएको छ।

उनीहरुबीचको वार्तालापमा विश्वमा पछिल्लो समयमा देखिएका विभिन्न खालका चुनौतीहरुको समाधानका लागि समन्वय गरी अघि बढ्ने विषयमा सहमति भएको ह्वाइट हाउसद्धारा जारी गरिएको सो विज्ञप्तिमा जनाइएको छ। इरानको पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा नराम्रो भएको देखिएको छ।

यसका कारण अमेरिकाले पनि इरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ। यस विषयमा पनि उक्त उहाँहरुबीच कुराकानी भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटगर्दै फ्रान्सेली राष्ट्रपतिसँग राम्रो कुराकानी भएको बताएका छन्। उनले विशेषगरी व्यापार र सुक्षासम्बन्धमा उनीसँग वार्तालाप भएको पनि आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराए। एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ