arrow

बुद्धसर्किटमा मोनोरेलको संभाव्यता बारे चाइना रेलवेको चासो

मुख्यमन्त्री पोखरेलसंग चिनियाँ टोलीको भेट

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
mano-rail.jpg

बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्ध सर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताए ।
 
उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताए ।

साथै उनले मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर, निर्माण लगायतका विषयमा लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल,प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसंग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे । चिनियाँ टोलीले मोनोरेलको संभावनाबारे प्रस्तुती गरेको थियो ।

मुख्यमन्त्रीसंगको भेटमा चाइना रेलवे इन्टरनेशनल ग्रुप अन्तर्गतको चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वे, चाइना रेलवे इन्टरनेशनल ग्रुपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो । चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसंग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका थिए ।

मुख्यमन्त्रीसंगको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तिर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्विनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरु ल्गायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ