arrow

बालुवाटार पुगेर डा. केसीले ओलीलाई फेरि अनसन बस्छु भने  

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
dr-kc-pm-oli-govinda.jpg

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्रीकै निवास पुगेर फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

डाक्टर केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर १५औँ अनसनका क्रममा आफुसँग सरकारले गरेको  सहमति कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा डाक्टर केसीले सम्झौता कार्यान्वयन सम्बन्धमा सहमति कार्यान्वयन गर्न भने । 

डाक्टर केसीले प्रधानमन्त्रीसँग दुई घण्टा लामो कुराकानी गरे । सरकारले गरेको सहमतिपत्र तत्काल अनुमोदन गरेर संसदमा पेश गर्न पनि भनेका छन् । 

जवाफमा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सहमति कार्यान्वयन गर्न तयार रहेको र अर्को अनशन बस्नुपर्ने अवस्था आउन नदिने आश्वासन दिए । प्रधानमन्त्री ओलीले त्यो अवस्था आउँदैन, ढुक्क हुनुस् डाक्टसाव भनेको, केसीसँगै गएका सहयोगि डा. अभिषेकराज सिंहले, भने । 

Image may contain: one or more people, people sitting, table and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ