arrow

रहेनन् पहिलो संसदको विपक्षी दलको नेता भरत शम्शेर

शव कलकत्ताको अस्पतालमा बुझाइने

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
bharat-samsher.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका नेता भरत शम्शेर राणाको निधन भएको छ । उनको  शनिबार बिहान कलकत्तास्थित घरमा निधन भएको   पारिवारले जनाएको छ ।

गोरखा परिषद्का संस्थापक महासचिव राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनि नेपालको पहिलो संसदका विपक्षी दलका नेता हुन् ।

उनको शव अस्पताल बुझाइने भएको  छ । परिवारका अनुसार राणाले आफ्नो शव नजलाउन छोराछोरीलाई  भनेका थिए । उनले दाहसंस्कारमा आफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छोराछोरीलाई पत्रमार्फत आग्रह गरेका थिए । उनको शव कलकत्ताको अस्पताललाई  बुझाइने भएको छ ।

 २०१७ सालको कु पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए। उनको ९० वर्षको उमेरमा निधन भएको हो।

उनको निधनमा  पूर्व अर्थराज्य मन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष  उदय शम्शेर राणाले ट्विट गर्दै आफू निकै दुखित भएको बताएका छन् । उनले ट्विटमा लेखेका छन्  'आज हामीले परिवारको अभिभावक गुमाएका छौं, ठूलो बुबा भरत शम्शेर राणाको निधनले निकै दुखित छौं। स्वर्गीय बुबाको आत्माको चीरशान्तिको कामना। उहाँ नेपालको पहिलो संसदका विपक्षी दलका नेता हुनुहुन्थ्यो। २०१७सालमा राजाले 'कु' गरेपछि प्रजातन्त्रका लागि पार्टी नै कांग्रेसमा विलय गर्नुभयो।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ