arrow

रोमानिया विरोध प्रदर्शनमा ४ सय ५० भन्दा बढी घाइते

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
romania-protest.jpg

बुखारेस्ट, रोमानिया। रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४ सय ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ।

रोमानियाको राजधानी बुखारेस्टमा शुक्रबार भएको प्रदर्शनमा दशौँ हजार (करीब ८० हजार) रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजिनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग भएको थियो।

अश्रुग्यास र पानीका फोहरासहितको प्रहरी दमनमा थुप्रै व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको छ। आन्दोलनमा तैनाद करीब ३० प्रहरी घाइते भएका छन् जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ।

यूरोपियन यूनियन (इयू) को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जल आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसमेत घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गरेका छन्।
हामीले बुकारेस्टमा कैयौँ सञ्चारकर्मीसहित सयौँ प्रदर्शनकारीमाथि भएका दमनबारे पूर्ण स्पष्टीकरणको आशा गर्छौँ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ