arrow

शंकराचार्य घोषणाको तयारीमा रहेकी हेमानन्द गिरी विवाहित भएको खुलासा

शंकराचार्यको लागि विवाहित हेमानन्द गिरी शुरुमै अयोग्य हुने

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
hemananda-giri-ex-husband.jpg

काठमाडौं। आफूलाई शंकराचार्य घोषणा गर्दै आएकी साध्वी हेमानन्द गिरी विवाहित भएको खुलासा भएको छ। विवाहित मात्र नभइ उनले सम्वन्ध विच्छेद गरेको समेत उनका पूर्व पति कृष्ण ढकालले बताएका छन्। 

शंकराचार्य हुन अखण्ड ब्रह्मचारित्व समेत रहनुपर्नेमा हेमानन्द गिरी भने विवाहित भएको खुलासा हुनुले उनले सो पदवी लिन ढाँटको सहारा समेत लिएको खुलासा भएको हो। 

हेमानन्दका पूर्व पति कृष्ण ढकालले सम्वन्ध विच्छेद गर्नेक्रममा करिव डेढ करोड रकम, काठमाडौंको बासबारीको जग्गा र पथरीमा जग्गा घर समेत सम्वन्ध विच्छेद हुने बेलामा दिएको बताए। 

सम्वन्ध विच्छेद पछि कृष्ण ढकालले दोस्रो विवाह गरेका छन् भने हेमान्नद गिरी भने केहि समय राजनीतिमा समेत संलग्न भइ भारतका विभिन्न मठतिर साध्वी बन्न गएको बताइएको थियो। । 

यसरी विवाहित व्यक्ति शंकराचार्य हुन नसक्ने जान्दा जान्दै उनले किन आफूलाई शंकराचार्य घोषणा गर्न धृष्टता गरिन यसमा नेपालकव सन्त समाज समेत रुष्ट भएको छ। 

यसअघी नेपालको सन्त समाजले हेमानन्द गिरीको कथित शंकराचार्य घोषणालाई अमान्य हुने बताएको छ।  
महेश सन्यास आश्रमद्वारा आयोजित नेपालका सन्तहरुको द्विदिवसिय सम्मेलन पछि सार्वजनिक विज्ञप्ति जारी गर्दै हेमानन्द गिरीको कथित शंकराचार्य घोषणालाई अमान्य हुने बताएको हो। 

भारतीय विद्वत परिषदले मठाम्नायानुशासन बमोजिम गर्नुपर्नेमा सो नगरि कथित शंकराचार्य घोषणा गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई नेपालको सन्त समाजका तर्फबाट अस्विकार गर्ने प्रष्ट पारेको छ।

आद्यजगतगुरु शंकराचार्यद्वारा स्थापित  चार मठ बाहेक नयाँ पीठ र नयाँ शंकराचार्य घोषणा गर्न नमिल्ने परम्परालाई भारतीय विद्वत परिषदले भंग गर्न खोजेकोमा पनि नेपालको सन्त समाजले विरोध गर्दै सो निर्णय फिर्ता लिन निर्देशन गरेको छ। यस विषयमा सन्त समाजले खुल्ला वहशको लागि समेत चुनौती दिएको छ। 

भारतको इलाहावाद उच्च न्यायालयले भारत धर्ममहामण्डल र काशी विद्वत परिषदलाई ज्योतिषपिठमा रिक्त रहेको शंकराचार्य तोक्न सक्ने अख्तियार दिएपछि सो पदको प्रत्यासी साध्वी हेमानन्दलाई दण्डी सन्यासी नभएकोले शंकराचार्य बन्न अयोग्य घोषित गरिसकेको अवस्थामा पुनः आफू शंकराचार्य हो भन्दै हिड्नु गलत मात्र नभइ शंकराचार्य परम्पराको अपमान भएको सम्त सन्त समाजले ठहर गरेको छ। समाजले हेमानन्दलाई अनधिकृत चेष्टा नगर्न सचेत गराउँदै परम्पराविरुद्ध कार्य गरिरहे उनलाई महामण्डलेश्वरको मान्यतालाई समेत अमान्य गर्न पहल गरिने जानकारी समेत गराएको छ। 

नेपालमा पशुपति मठ नामक कुनै मठ नभएकोले साध्वी हेमानन्दलाई दिइएको उपाधी कपोलकल्पित र भ्रामक रहेको समाजले भनेको छ। नेपालको साँस्कृतिक उच्चता र नारी सशक्तिकरणजस्ता भावनात्मक मुद्धाहरुलाई प्रयोग गरि कपोलकल्पित पीठ र शंकराचार्य घोषणा गर्ने हास्यास्पद प्रयासलाई अन्य शंकराचार्य पीठले समेत मान्यता दिन नसक्ने भएकोले नेपालका सनातन धर्मावलम्वी जनसाधारणलाई नेपालका सन्त समाजको आधिकारिक घोषणा वेगर भ्रमको पछि नलाग्न समेत आग्रह गरेको छ। 

वक्तव्यमा नेपाल सन्त समाजका संरक्षक महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, उपाध्यक्ष स्वामी रमणानन्द गिरी र महासचिव डा गुरुप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन्।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ