arrow

नोबेल पुरस्कार विजेता नायपालको निधन, जसले स्कुले जीवनमै आत्महत्या गर्न खोजेका थिए 

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
bs-nayapal-noble-winner.jpg

काठमाडौं । नोबेल शान्ति पुरस्कार बिजेता विद्याधर सुरजप्रसाद (बीएस) नायपालको निधन भएको छ । इंगल्याण्डको लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपालको ८५ बर्षको उमेरमा निधन भएको हो । 

नायपाल लामो समयदेखि अस्वस्थ थिए । लन्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो ।

नायपालका उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’ र ‘अ बेड इन द रिभर’ निकै नै चर्चित रहेका छन् । 

सन् २००८ मा नायपाललाई ‘द टाइम्स’ ले शीर्ष ५० महान ब्रिटिश लेखकमा नायपाललाई सातौं नम्बरमा राखेको थियो । 

नायपाल तिनै चर्चित लेखक हुन् जसले स्कुले जीवनमै आत्महत्या गर्न खोजेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ