arrow

‘अमेरिकाको स्पेस फोर्सको योजनाले हतियारको नयाँ दौड सुरु’

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
donald-trump.jpeg

काठमाडौं । अमेरिकाले सन् २०२० सम्मको अवधिमा आफ्नो अन्तरिक्ष सैन्य बल बनाउने निर्णय गरेको छ । यो निर्णयको विषयलाई लिएर चिनियाँ विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुका अनुसार अमेरिकाको यो योजनाले हतियारको लागि मुलुकहरुको बीचमा नयाँ दौड सुरु हुनेछ । 

चिनियाँ विज्ञहरुले अमेरिकाको यो कदमले विश्वमा हतियारको लागि नयाँ दौड सुरु हुने बताएका हुन् । साथै उनीहरुले चीनलाई रुस र अमेरिकाबीचको प्रतिस्पर्धाको बीचमा यो दौडमा सामेल नहुनका लागि पनि सल्लाह दिएका छन् । 

यसअघि अमेरिकी उपराष्ट्रपति पेन्सले एक अन्तरिक्ष सेनाको गठनको घोषणा गरेका थिए । उनले राष्ट्रपति ट्रम्पको अन्तरिक्षको विषयमा देखिएको समस्याको गतिलो जवाफ दिनुपर्ने नीतिअनुसार अन्तरिक्ष सैन्य बलको योजना ल्याइएको बताएका थिए । अमेरिकाले अन्तरिक्षको चुनौतीहरुमा खुलेरै चीन र रुसको नाम लिएको थियो । 

जसको कारण अन्तरिक्षको क्षेत्रमा अमेरिका सबैभन्दा अगाडि रहनका लागि यस किसिमको योजना अघि सारिएको बताइएको थियो ।  त्यसो त ट्रम्पको यो फैसलाको विषयमा धेरै किसिमका चुनौतीहरु रहेका छन् । यस्तोमा विज्ञहरुले यस विषयमा विभिन्न किसिमको आशंकाहरु गर्न सुरु गरिसकेका छन् । 

यस विषयमा आगामी दिनमा थप विचार हुनसक्ने बताइएको छ । सन् १९८३ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ल्याएको योजनामा पनि अन्तरिक्षमा आफ्नो पकड बलियो बनाउने किसिमका केही योजनाहरु अघि सारेका थिए । यद्यपि सो योजना उनले लागू भने गर्न सकेका थिएनन् । 

विज्ञहरुले अमेरिका अहिले अन्तरिक्षको विषयमा हतियारको दौडको योजनामा रहेको अवस्थामा चीन र रुसले भने उसको अनुशरण गर्नु नहुने सल्लाह दिएका छन् । 

चीन पछिल्लो समय आफ्नो विकास तथा स्थायित्वको लागि अघि बढिरहेको अवस्थामा अमेरिकाको यस्तो जालमा पर्नु नहुने उनीहरुले बताएका हुन् । उनीहरुले चीनको सेना अहिले पनि अन्तरिक्षमा आफ्नो पडक हासिल गर्नका लागि सफल रहेको तर अझै पनि अमेरिकाभन्दा भने पछाडि रहेको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ