arrow

दुई किलो गाँजासहित तीनजना पक्राउ

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
arrested.jpeg

लहान । प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । 

खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ५५ वर्षीया मदिना मिया रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाको साथबाट १५ किलो जीरा, एक क्विन्टल सुजी, रसगुल्ला र पापड लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद समानसहित दुवै महिलालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ