arrow

आफूलाई शंकराचार्य दावी गर्ने हेमानन्द गिरीको विवाहमात्र नभई डिभोर्ससमेत भएको खुलासा

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
hemananda-giri-ex-husband.jpg

काठमाडौं । पछिल्लो समय शंकाराचार्य हेमानन्द गिरीको शंकराचार्य घोषणाप्रति चर्को विरोध भइरहेको छ । भारतीय विद्वत परिषदले मठाम्नायानुशासन बमोजिम गर्नुपर्नेमा सो नगरि हेमानन्दलाई कथित शंकराचार्य घोषणा गरिएकोमा आपत्ति जनाइएको हो । हेमानन्द गिरी उर्फ हेमा ढुंगाना डिभोर्सी हुन् । 

विवाहित महिला शंकराचार्य बन्न सक्दिनन् भन्ने छ । तर हेमा त विवाह गरेर पनि सम्बन्ध विच्छेद गरिसकेकी महिला हुन् । 

जिल्ला अदालत काठमाडौंमा ०६९ साल फागुन १० गते मिलापत्रमार्फत सम्बन्ध विच्छेद भएको हो । 

यो प्रमाणले उनी विवाहित भएको स्पष्ट हुन्छ । 

तत्कालीन अवस्थामा ३७ वर्षकी ढुंगाना र उनका पति ४० वर्षीय कृष्णप्रसाद ढकालबीच सम्बन्ध विच्छेद भएको हो । 

यसले पनि हेमा ढुंगाना शंकाराचार्य हेमानन्द गिरी बन्न नसक्ने स्पष्टै छ । 

थप कुरा यो पनि पढ्नुहोस् । 

नेपालको सन्त समाजले भन्यो, ' हेमानन्दको कथित शंकराचार्यको घोषणा अमान्य '

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ