arrow

आगामी निर्वाचनमा मेरो जित सुनिश्चत : मोदी 

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
modi-indian-pm-1.jpeg

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को निर्वाचनमा आफ्नो पार्टीले  सबैभन्दा बढी सिट जित्ने दाबी गरेका छन् । आगामी निर्वाचनका लागि भारतीय राजनीतिक दलहरुले आफ्नो कसरत सुरु गरिसकेका छन् । 

एक अन्तर्वार्ताको क्रममा मोदीले कांग्रेस आईको गठबन्धन आगामी निर्वाचनमा विफल हुने बताएका हुन् । भारतीय जनता पार्टीको गठबन्धनले सन् २०१४ को निर्वाचनमा महत्वपूर्ण जित हासिल गरेकोमा आगामी निर्वाचनमा त्यो भन्दा पनि ठुलो जित हासिल हुने उनले बताएका हुन् । 

मोदीलाई हराउनका लागि कांग्रेस अन्य पार्टीहरुसँग मिलेर निर्वाचनमा जाने तयारीमा रहेको अवस्थामा मोदीले यस्तो बताएका हुन् । उनले जनताहरु राम्रो नतिजा दिनसक्ने सरकारमा विश्वास गर्ने भएकोले आगामी निर्वाचनमा आफ्नो जित पक्का रहेको बताए । 

भारतीय प्रधानमन्त्रीले मुलुकमा पछिल्लो समय बढ्दो हिंसाको विषयमा बोल्दै नियम कानुन हातमा लिने र अपराध गर्ने कसैलाई पनि नछाडिने बताए । आफ्नो चाहना मुलुकका सबै नागरिकहरुले स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने रहेको बताए । 

मोदीले सामाजिक सञ्जालहरुमा बढ्दो क्रममा रहेको नक्कली समाचार तथा हल्लाहरु रोक्ने प्रभावशाली उपाय आफ्नो मनलाई नियन्त्रणमा राख्नु रहेको बताए । उनले मानिसहरुलाई के गर्ने र के नगर्ने भन्ने विषयमा ज्ञान हुनु आवश्यक रहेको बताए ।

मोदीले पछिल्लो समय लगाइरहेको भ्रष्टाचारको आरोपलाई लक्षित गर्दै कांग्रेस आई झुटो बोल्ने पार्टी रहेको र त्यसलाई बारम्बार दोहोर्‍याउने गरेको बताए । आर्थिक हिसाबमा मुलुकको हितविपरीत काम गर्ने जो कोहीलाई नछाडिने मोदीले बताए । उनले आर्थिक हिसाबमा आफ्नो कार्यकालमा महत्वपूर्ण सुधार आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ