ओरालोमा ड्राइभर झरेपछि बटुवालार्इ ठक्कर, ११ महिने बालकको मृत्यु, ४ घाइते
रामचन्द्र रायमाझी, सीता डोटेल
प्रकाशित २०७५ साउन २७ आइतबार
167
Shares
पाल्पा । पाल्पा तानसेनको बडिज्ञानटोलमा जीपको ठक्करबाट ११ महिने बालकको मृत्यु भएको छ । जीपले ठक्कर दिँदा ११ महिनाका वालक वगनासकाली ३ पाल्पाका निसान्त बस्यालको मृत्यु भएको हो ।
तानसेनको हुलाकचोकदेखि आन्दोलनचोकतर्फ जाँदै गरेको ग. १ च. ६७४८ नम्बरको भैंसी बोक्ने जीपले बाटोमा हिडेका बटुवालार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । जीपले ठक्कर दिदा एक जना बच्चाको मृत्यु भएको र अन्य चारजना घाइते भएका छन् ।
घटनामा बगनासकाली ३ बर्ष ५ का नविन बश्याल , बर्ष ४८ की लक्ष्मी बस्याल , सुनवल घर भएका बर्ष ५१का रामजि चौधरी र तानपा ६ बर्ष ५० की कमला पाण्डे घाइते भएको प्रहरीले जनाएको छ ।
बाटोमै गाडी रोकेर ड्राइभर झरेका कारण ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको स्थानीयको भनाई छ ।
उनीहरुको युनाइटेड मिसन अस्पताल र जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये कमला पाण्डे, लक्ष्मी बस्याल र नविन बस्यालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपले सोही स्थानमा पार्किङ्ग गरेर राखिएका ४ मोटरसाइकल र ३ वटा स्कुटीमा पनि ठक्कर दिदा क्षति पुगेको छ । गाडी र चालक रैनादेवी छहरा गाउँपालिका ४ का कमल बहादुर खत्रीलाई प्रहरीले नियनत्रणमा लिएको छ ।