arrow

भरत शम्शेरको शोक प्रस्ताव पारित गर्दै कांग्रेसले गर्‍यो यस्तो निर्णय

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
bharat-samsher.JPG

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य भरत शम्शेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको नेपाली कांग्रेसको बैठकले यस्तो निर्णय गरेको हो ।

२०१५ सालमा विपी कोइलारा प्रधानमन्त्री भएको बेला उनी गोर्खा परिषद्को नेताको हैसियतले प्रमुख प्रतिपक्षी दलको नेता थिए । २०१७ मा राजाले शक्ति आफ्नो हातमा लिएपछि भने उनले सो कदमको विरोध गर्दै आफ्नो पार्टीलाई विना कुनै सर्त कांग्रेसमा विलय गराएका थिए । पछि कृष्णप्रसाद भट्टराईको पालामा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

शनिबार ९० वर्षको उमेरमा भारतको कलकत्तामा उनले निधन भएको हो । यो निधनप्रति आइतबार कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकप्रस्ताव पारित गरेको हो ।

कांग्रेसले उनको निधनमा दुःख व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापनाको लागि पुर्‍याएको सहयोगको सदैव स्मरण गरिने उल्लेख गरेको छ । कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा उनको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

उनको निधनको शोकमा कांग्रेसले ३ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, सोमबार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनमा केन्द्रीय कार्यालयमा शोकसभा आयोजना गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ