arrow

विराटनगर मेयरको कार्यालयमा बम विस्फोट, कुकुर सहितको प्रहरी परिचालन

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
Biratnagar-Mahanagarpalika.jpg

काठमाडौं ।  विराटनगर महानगरपालिकामा शक्तिशाली बम विस्फोट भएको छ ।   आइतबार दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो।

घर नक्सा कार्यालयवाट मेयरको कार्यालय जाने प्यासेजमा बम विस्फोट भएको हाम्राकुरा संवातदाता कुमोद अधिकारीले जानकारी दिए । विस्फोटबाट ५ मिनेटसम्म धुवाँको मुस्लो निस्किएको थियो । विस्फोटमा ठुलो अवाज निस्किएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

विस्फोटका कारण कोठामा झ्यालका सिसा फुटेका छन् । पार्किङमा राखिएको गाडिमा क्षति पुगेको छ ।

अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अन्य स्थानमा पनि बम हुन सक्ने आशंकाले कुकुर सहितको प्रहरी परिचालन गरिएको छ ।   

घटना प्रति मेयर भीम पराजुलीले दु:ख व्यक्त गर्दै बम राख्ने काम निन्दनिय भएको बताएका छन् ।  बम विस्फोटन भएको समयमा मेयर भने आगन्तुक भेटघाटमा थिए।

बम विस्फोट कसले गराएको हो त्यो खुल्न सकेको छैन । विस्फोटको समय अर्को कोठामा जग्गा दान सम्बन्धि कार्यक्रम चली रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ