arrow

२१ औं शताब्दीको प्रेम : डेटिङ हिंसामा किशोरकिशोरीहरु

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
dating.png

काठमाडौं । एक अध्ययनले सहरी क्षेत्रमा बसोबास गर्ने युवा तथा किशोरकिशोरीहरू ‘डेटिङ हिंसा’को जोखिममा रहेको देखाएको छ ।

युवा तथा किशोरकिशोरीसँग कार्यरत गैरसरकारी संस्था युवालयले गरेको एक सर्वेक्षणले प्र्रेम सम्बन्धमा रहेकाहरूमध्ये करिब आधा युवायुवतीले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोग्नुपरेको देखाएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सहरी क्षेत्रका १५५ जना मानिसहरुलाई यस विषयमा प्रश्न सोधिएको थियो । 

सर्वेक्षणमा सहभागी आधा जतिले आफू परिवार तथा साथीसङ्गीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने, दिक्क लगाउने लगायतका मनोवैज्ञानिक हिंसामा पार्ने गरेको उल्लेख गरेका थिए । करिब २० प्रतिशतले आफूले विभिन्न प्रकारको शारीरिक हिंसा भोगेको बताएका थिए, जसमा धेरै गाली गर्ने, सामानहरू फालिदिने, धकेलिदिने लगायतका छन् ।

अध्ययनमा सहभागी आधाभन्दा बढीले डेटिङ्मा यौन हिंसा हुन्छ कि हुँदैन भन्ने प्रश्नको उत्तर दिएका थिएनन् । उत्तर दिनेहरूमध्ये, सर्वेक्षणमा सहभागीमध्ये करिब १५ प्रतिशतले आफूलाई प्रेमीप्रेमिकाले चुम्बनलगायतका यौनजन्य क्रियाकलाप गर्न दबाब दिएको बताएका थिए ।

नेपालको समाज तथा संस्कृति पितृसत्तात्मक रहेको भनिए पनि डेटिङ हिंसाको अभ्यास गर्ने र त्यसको पीडा भोग्नेमा महिला तथा पुरुष दुबै बराबर जिम्मेवार रहेको पाइएको छ । 

यसैबीच संस्थाले डेटिङ हिंसाको व्यापकतालाई ध्यान दिँदै यससँग जुध्ने उपाय अवलम्बन गर्नका लागि अध्येता, गैरसरकारी संस्था, अधिकारकर्मी, युवा अभियानकर्मी, युवायुवती तथा किशोरकिशोरी लगायत समस्त सरोकारवालाको ध्यानाकर्षण गरेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ