arrow

महाकालीमा बढ्यो पानीको बहाव, सतर्क रहन तटिय क्षेत्रका बासिन्दालाई आग्रह

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन २७ आइतबार
mahakali-flood.jpg

महेन्द्रनगर । पश्चिम नेपालको कञ्चनपुर स्थित सिमान्त  महाकाली नदीमा पानीको बहाव बढेपछि तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै उद्धारका लागि तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महाकाली नदीमा आइतबार मध्यान्ह १२ वजे  पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिए पछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमन बन्द गरिएको छ ।

शनिबार राति देखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा गरुंगा र ठुला सवारीसाधन गुडाउन रोक लगाएको  हो ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आइदै गरेको इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकर देब पन्तले बताए । चार पांग्रे लगायत ठुला सवारी साधन आवागमनमा रोक लगाइए पनि बन्द गरिए पनि पैदल यात्रु र मोटरसाईकललाई भने चल्न दिएको पन्तले  जानकारी दिए ।


महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  ।

महाकाली नदीमा जल स्तर र बहाव बढेसँगै सुरक्षाकर्मीलाई  उच्च सर्तकतामा राखेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रबत्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए । पुल पुरानो र जीर्ण भएका कारण १ लाख क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ