जेरुसेलम। गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गरेका छन्। इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गरेका हुन्।
इजरायल र हमास समूहबीच दीर्घकालीन युद्धविराम गराउन संयुक्त राष्ट्रसंघका अधिकारी र इजिप्टले पहल जारी राखेका समय नेतन्याहुबाट उक्त प्रतिक्रिया आएको हो। पहलबारे इजरायली पक्षद्वारा भने कुनै प्रतिक्रिया आएको छैन। जुलाईदेखि अहिलेसम्म हमास र इजरायलबीच हिंसात्मक तीन घटनाहरू भएका छन्।
उनले भने, “हाम्रो माग प्रष्ट छ। पूर्ण युद्धविराम। त्योभन्दा कम कुराले हामी सन्तुष्ट हुँदैनौँ।” पछिल्ला दिनहरूमा प्रधानमन्त्रीमाथि हमासविरुद्ध कडा रूपमा प्रस्तुत बन्न राजनीतिक दवाव आएको छ। यद्यपि इजरायली प्रशासन तथा हमास दुवै पक्षले युद्ध शुरु गर्ने मनस्थितिमा भने छैनन्। एएफपी