arrow

विष्फोटमा परी कम्तीमा ३९ को मृत्यु

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
siriya1.jpg

काठमाडौं । सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तमा भएको विष्फोटमा परी १२ बालबालिकासहित ३९ जना मानिसहरुको ज्यान गएको छ । अझै पनि एक दर्जनभन्दा बढी मानिसहरु हराइरहेको बताइएको छ । 

इडलिब विद्रोहीहरुको पकडमा रहेको क्षेत्र मानिन्छ । साथै उनीहरुको आगामी लक्ष्य सियिाको सेना हुनसक्ने बताइएको छ । पछिल्लो समय रुसको समर्थनमा रहेको सिरियाको सेनाले विद्रोहीहरु र जिहादिस्टहरुमाथि सफलता पाइरहेको देखिन्छ । 
आइतबार मात्र पनि उद्धारकर्ताहरुले सिरियाको विभिन्न क्षेत्रहरुबाट धेरै मानिसहरुको उद्धार गरेका थिए ।

बेलायती मानवअधिकार वादी संस्था (एसओएचआर)ले अझै पनि दर्जनभन्दा बढी मानिसहरु हराउनु चिन्ताको विषय रहेको बताएको छ । केही विवरणहरुले भने मृत्यु हुनेको संख्या बढ्नसक्ने देखाएका छन् । 

अहिले ध्वस्त भएको भवन जिहादिस्टहरुको रहेको बताइएको छ । अहिलेसम्म विष्फोटको कारण भने पत्ता लाग्न सकेको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ