arrow

भारतीय लोकसभाका पूर्व अध्यक्ष सोमनाथ रहेनन् 

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
somnath-chatarji.jpg

काठमाडौं । भारतको पूर्व लोकसभाका सभामुख सोमनाथ चटर्जीको निधन भएको छ । सन् १९६६ मा उत्कृष्ट सांसदको पुरस्कार जित्न सफल चटर्जीको ८१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । 

किड्नीका बिमार चटर्जीलाई गत ९ अगस्टमा कोलकाता अस्पतामा भर्ना गरिएको थियो । 

आइतबार डायलासिस गर्ने क्रममा हृदयघात भएपछि उनको सोमबार बिहान निधन भएको हो । 

उनी सबैभन्दा बढी पटक सांसद बन्ने सांसदहरुको कोटामा पर्छन् । उनी १० पटक सांसद भएका थिए । 

उनी एक पटक ममता बेनर्जीसंग पराजित भएका थिए । चटर्जीको निधनमा राष्ट्रपति, प्रधानमन्त्री एवं विभिन्न दलका नेताहरुले शोक व्यक्त गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ