arrow

राष्ट्रिय प्रतिभा सम्मानबाट युवाहरु सम्मानित, को को परे ?

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
samman2.jpg

काठमाडौं । “युवाका लागि सुरक्षित वातावरण” भन्ने नारासहित आइतबार अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको छ । 

सो युवा प्रतिभा सम्मानबाट शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मासहित १० जना युवाहरुलाई सम्मान गरिएको हो । सम्मानित सबैलाई जनही एक लाख रुपैयाँ समेत प्रदान गरिएको छ ।

को केमा पुरस्कृत ? 
सूचना प्रविधि र सञ्चारतर्फ –पोखराकी शर्मिला विश्वकर्मा
शिक्षातर्फ – काठमाडौंका विनोद शाही
उद्यमशिलतातर्फ –इलाका दिवस श्रेष्ठ
विज्ञान प्रविधितर्फ –धनुषाका अम्बर मण्डल र चितवनका सरोज चेपाङ्ग
सामाजिक रुपान्तरणतर्फ गुल्मीकी गंगा खड्का
कृषितर्फ कैलालीकी गोमाकुमारी अधिकारी
कला संस्कृति, साहित्य सृजनातर्फ –जुम्लाका गोविन्द नेपाली सार्की
समाज सेवातर्फ –नवलपरासीका तिलोत्म पौडेल 
कृषि र उद्यमशीलतातर्फ –तनहुँका तेजविक्रम थापा

को हुन् शर्मिला ?
पोखरा लेखनाथ महानगरपालिका २६ कास्की निवासी शर्मिलाले युवा पत्रकारका रुपमा क्रियाशिल रही नेपाल अपाङ्ग मानव केन्द्रद्वारा प्रकाशित अपाङ्ग आवाज मासिक पत्रिका र साप्ताहिक रेडियो कार्यक्रम अपाङ्ग आवाज मार्फत अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु प्रकाशन एवं प्रशारण गरी अपाङ्गता जगत्मा योगदान गरेबापत रु १ लाख नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ