arrow

प्रहरीले समात्यो १० किलो चरेस, ६ जना पक्राउ

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
chares-pakrau.JPG

काठमाडौं । प्रहरीले १० किलो चरेसहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । अबैध लागू औषध चरेश संचय गरी बिक्री वितरणको लागि ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौंको ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
 
आइतबार साँझ साढे पाँच बजे उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठको कमाण्डमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १० किलो चरेसजस्तो देखिने वस्तु फेला परेको प्रहरीले बताएको छ ।
 
उनीहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ स्थायी घर भई गंगबु बस्ने रोजन छंत्याल, सुजन मगर र बिशाल मगर, काभ्रे घर भई डल्लु बस्ने राम मगर, कास्की घर भई डल्लु संजय सुबेदी, रोल्पा घर भई नयाँबसपार्क बस्ने शेरबहादुर पुनमगर रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ