arrow

भारतमा वर्षाको कारण ७७४ को मृत्यु

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
india.png

काठमाडौं । यो मनसुनमा भारतका विभिन्न ७ राज्यमा अत्यधिक वर्षाको कारण ७७४ जनाको ज्यान गएको छ । अत्यधिक वर्षाको कारण भारतको जनजीवन प्रभावित भएको छ । जनजीवनका सागै जनधनको पनि उल्लेख्य क्षति भएको छ । 

भारतको पर्वतीय राज्यहरु उत्तराखण्ड र हिमाचलको अवस्थामा थप नाजुक बन्न पुगेको बताइएको छ । भारतको सरकारले यूपी, हिमाचल प्रदेश, उत्तराखण्ड, केरल, कर्नाटक, टामिलनाडु, पश्चिम बंगाल, असाम, नागाल्याण्ड र अरुणाञ्चलसहितका १६ राज्यहरुमा भारी वर्षा हुनसक्ने भन्दै सचेत रहनका अलर्ट जारी गरेको छ । 

भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार केरलामा वर्षाको कारण १८७ जना मानिसहरुको ज्यान गएको छ भने उत्तर प्रदशमा १७१, पश्चिम बंगालमा १७० जना र महाराष्ट्रमा १३९ मानिसहरुले वर्षाको कारण ज्यान गुमाएका हुन् । भारतको आधिकारिक विवरणमा गुजरातमा ५२, असाममा ४५ र नागाल्याण्डमा ८ जना मानिसहरुको ज्यान भएको छ । केरलामा २२ र पश्चिम बंगालमा ५ जना मानिसहरु बेपत्ता भएका छन् । 

भारतमा बाढीबाट २४५ जना मानिसहरु घाइते भएका छन् । मनसुनबाट भारतमा कराडौंको क्षति भएको गृहमन्त्रालयले बताएको बताए । साथै केही राज्यहरुमा विद्यालयहरु पनि बन्द गरिएको छ भने केही राज्यहरुको यातायात सेवा अवरुद्ध भएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ