arrow

जोगबुढा नदीको बाढिले महाकाली बस्ती डुबानमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन २८ सोमबार
mahakali-flood_(2).jpg

कञ्चनपुर। तीन दिनदेखि परेको अबिरल वर्षका कारण ७ नम्बर प्रदेशको कञ्चनपुरको पश्चिमी जोगबुढा नदीमा आएको बाढिबाट महाकाली नगरपालिकाको मानव बस्तीमा डुबान भएको छ। शनिबार देखीको अबिरल वर्षाका कारण जोगबुढा नदिको जलस्तर बढ्न गइ बस्तीमा पसेको बाढीले कञ्चनपुरको पश्चिमी क्षेत्र महाकाली नगरपालिका का दुई वटा वडामा डुबान भएको छ ।

जोगबुढा नदीको बाढी बस्तीमा पस्दा महाकाली नगरपालिका वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० स्थित शान्ती टोल डुबानमा परेका छन् । डुबान बाट प्रभावित क्षेत्रका स्थानीयहरुलाई सुरक्षित स्थल तर्फ सारिएको छ।

भारतको पिथौरागड स्थित धौलीगंगा  नदी ब्यारेजको ढोका महाकाली नदी तर्फ खोलिए पछि सो क्षेत्रमा बाढीको खतरा अझै बढेको छ । महाकाली नदी र जोगबुढा गरि दुई वटा नदीको बीचमा रहेको महाकाली नगरपालिकामा बाढि बाट हुने डुबान र कटानको जोखिम उच्च रहदा स्थानिय त्रसित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ