arrow

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
dhanusha-final.png

महेन्द्रनगर, धनुषा ।  धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

 इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज.१०.प. ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो ।

गएराति करीब ९ बजे मोटरसाइकल अनियन्त्रि भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्रीसमेत घाइते भएका छन् । पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाथ मन्दिरमा जल चढाउन गइरहेका थिए ।

 घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ