arrow

सरुवा नगरेको भन्दै मन्त्रालयमै उपसचिव कुट्ने निरीक्षकलाई कारवाही

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
general-ministry.jpg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ ।

आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने बताए ।

 आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि हातपात गरेको बताइएको छ । विद्यालय निरीक्षक भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नाका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेको अभियोग लगाइएको छ ।

सरुवाका विषयमा आइतबार हातपात भएपछि आज मन्त्रालयमा भीडभाड देखिएको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ