arrow

नूरप्रसादले किन भने अदालतमा बयान दिन जान्न ? 

‘मेरो भाई मार्दा मोटरसाईकल कसले दिएको थियो भन्ने त खोजिएन, कसरी विश्वास गर्नु’

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
nur-prasad1.jpg

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका दाजु नूरप्रसाद अधिकारीले आफु अदालतमा बयान दिन नजाने बताएका छन् । हाम्राकुरासँग कुरा गर्दै उनले भने, ‘सबै कुरामा तत्काल पुनरावलोकन हुनु पर्छ । नत्र नेपालमा न्यायको लागि म कुनै पनि निकायमा नजाने निर्णय गरिसके ।’

आमाले समेत न्याय प्रक्रियामा सहयोग गर, यो न्यायको लडाई हो, सशस्त्र लडाई होईन भन्नु भएको छ, न्यायप्रक्रियामा सहयोग गर्नु पर्दैन ? जवाफमा उनले भने, ‘बकपत्र दिन जान्न । न्यायपरिषदमा मैले नै मुद्दा दर्ता गर्दै छु । पुलिस सरकारी वकिल सबैले गल्ती गरेको ठाउँमा उपस्थित हुन्न । अपराधिलाई धरौटी र तारिकमा छाडेपछि न्यायालय विकेको प्रष्टै छ । वकिलहरुलाई पनि मेरो मुद्दा हेर्न न आउनु भन्दा भन्दै आफै आउछन् ।’ भाई मार्दा प्रयोग भएको  मोटरसाईकल कसले दिएको र बन्दुक कहाँ छ भन्नेबारे त सोध खोज परिएन, उनले भने, ‘के विश्वासले म बयान दिने ?’ उनले अर्काे कुरा पनि भनेका छन् । 'जहाँ जहाँ बुबा अामालाई लान्छन्, त्यहाँ त्यहाँ म जान्न ।'

गएको हप्ता गण्डकी गाउँपालिका–३ फुजेल चमतीस्थित उनको घरमा अदालतले म्याद तामेल गरेको छ । तामेल गरिएको म्यादमा चितवन जिल्ला अदालतले जाहेरीवाला नूरप्रसादलाई आउने आगामी भदौ ४ मा वकपत्रका लागि अदालथमा उपस्थित हुन आउनु भनिएको छ । 

अघिल्लो पटक घरमा कोही नभेटिएपछि फुजेलको पिपल चौतारामा न्याद टाँसिएको थियो । उनको घर अघिल्तिर झार उम्रिएर बसेको छ । पहिलो जाहेरी दिने बुबा नन्नदप्रसादको २०७१ असोजमै निधन भईसकेको छ । नन्दप्रसादको शव समेत अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमै छ । बुबापछि नूरप्रसादले किटानीसहितको जाहेरी दिएका थिए । 

उनले त्यो बेलाको कुरा समेत सुनाए । पुरक जाहेरी नै लिन मानेनन् । उनले भने, ‘पछि मानवअधिकार आयोग र राष्ट्रपति कार्यालय सबैतिर भौतारिए । केही भएन । अनि बाबुराम, प्रचण्ड, हिसिलालगायत सबैले गरेको अपराध र अपराधी किटान गरेकै छु ।’

उनले अगाडि भने, ‘मुद्दा लेख्ने समेत लेखिदिएनन् । ठाडो उजुरीमा सबै लेखेको छु । नेपालमा ठूलो अपराध गर्नेविरुद्धको मुद्दा लेख्ने हैसियतका वकिल र लेखनदास नै रहेनछन् ।’ २०६१ सालमा छोरा कृष्णप्रसादको हत्या भएपछि बुबा नन्दप्रसाद र आमा गंगामाया अधिकारीले २०६४ मंसिरमै  गाउँ छाडेका थिए । ११ वर्ष यता अधिकारी परिवार नफर्किएकाले घर र गोठ जीर्ण छन् । नूरप्रसादकी पत्नी र बच्चाको अवस्थाबारे कसैलाई थाहा छैन । 

नूरप्रसाद अदालत गईदिए मुद्दा दह्रो हुने थियाे ?
नूरप्रसादले न्यायलयप्रति विश्वास नै छैन, भनिरहेका छन् । तर, पीडितका तर्फबाट बहस गरिरहेका वकिलहरु नूरप्रसादले अदालतमा बयान दिनै पर्ने बताउँछन् । 

पीडित पक्षका वकिल पुष्पराज पाैडेलले भने, ‘बाहिर भन्ने कुरा नूरप्रसादले अदालतमा गएर भनिदिएको भए राम्रो हुने थियो । भलै २–३ दिन लगाएर भने हुन्छ । उनले बयान दिनेवित्तिकै मुद्दा दह्रो हुन्थ्यो । न्याय पाए नपाएको कुरा त अदालतले फैसला गरेपछि थाहा हुने कुरा हो । न्यायालयमा नगई । प्रक्रिया नमानेरै विश्वास छैन भन्नु राम्रो होईन । न्याय नपाएको भन्नलाई पहिले अदालति प्रक्रियालाई मानेको त हुनु पर्‍यो नि !’ भोलि केही नभए पनि उच्च अदालत वा सर्वोच्च जाने डकुमेन्ट त बन्थ्यो होला । कुनै न कुनैबाट न्याय पाईएला नि ! 

उनले अगाडि भने, ‘न्याय दिएन भन्नलाई अदालतलाई मान्नु त पर्यो नि । जिल्लाले न्याय नदिए उच्च, उच्चले नदिए सर्वोच्च छ ।’ भोलि अन्तर्राष्ट्रिय अदालत जानलाई पनि त नेपालको न्यायालयलाई मानेको हुनु पर्‍यो नि, उनले सुझाउँदै भने । 

अटेरी गरे अदालतले पक्राउ गर्न लगाउँछ !
नूरप्रसाद सजिलै अदालतमा उपस्थित नभए अदालतले पक्राउ गरेर झिकाउन सक्ने व्यवस्था रहेको वकिलहरुले बताएका छन् । 

मुलुकी ऐन अदालति बन्दोबस्तको ११५ मा पक्राउ गरेर ल्याउनु पर्छ, भनेर उल्लेख गरिएको छ । पर्छ नै भनिसकेपछि अन्तिममा पक्राउ पुर्जी बाहेक विकल्प नभएको वकिलहरुको भनाई छ । वकिलहरु भन्छन्, ‘उनले दोषी भनेका व्यक्तिहरुबारे भनिदिनु पर्दछ । हठ गरिरहनु हुँदैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ