arrow

विप्लव नेकपाको बन्दको असर, सैनामैनामा शंकास्पद वस्तु फेला 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २९ मंगलबार
sanskaspat.jpg

बुटबल । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको असर रुपन्देहीमा परेको छ । बिहानैदेखि सवारी साधन नचल्दा समस्या आएको छ । 

सार्वजनिक सवारी पूर्णरुपमा ठप्प छन् भने फाट्फुट् इ–रिक्सा चलेका छन् । यसैबीच रुपन्देहीको सैनामैनामा एकाविहानै शंकास्पद वस्तु फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ४ः४५ वजे उक्त शंकास्पद वस्तु कसैले राखेको बताए ।

अहिले नेपाली सेनाको टोली उक्त स्थानमा आउने तयारी छ । 

बन्द आव्हानका क्रममा बन्दलाई लक्षित गरी उक्त बस्तु राखीएको हुन सक्ने अनुमान गरिएको छ ।

चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ