arrow

१० लाख उइगर मुस्लिमलाई हिरासतमा राखेको आरोपको चीनद्वारा खण्डन

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
china3.jpg

काठमाडौं। चीनले १० लाख उइगर मुस्लिमहरुलाई हिरासतमा राखेको आरोपको खण्डन गरेको छ । सोमबार चीनले यो समाचारको खण्डन गरेको हो । यसअघि चीनले उइगर मुस्लिकहरुलाई पक्राउ गरी हिरासतको शिविरमा राखेको आरोप लगाइएको थियो । चीनले मुलुकमा सबै जातीय समुहलाई समान किसिमको व्यवहार गरिने गरिएको बताएको छ । 

चीनका एक अधिकारीले संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिमा बोल्दै चरमपन्थ र आतंकवादसँग लड्नका लागि सिनजियांग क्षेत्रमा कडा सुरक्षा कदमको आवश्यकता रहेको तर त्यसको लागि कुनै पनि जातीय समुहको निसाना नबनाइएको बताएका छन् । साथै त्यसका लागि धार्मिक स्वतन्त्रतामा पनि प्रतिबन्ध नलगाइने उनको भनाइ छ । 

नेस्लीय भेदभाव उन्मूलनको विषयमा बोल्दै चीनका फ्रंन्ट वर्क डिपार्टमेन्टका निर्देशक मा योकिंगले उइगरसहित सिनजियांगका नागरिकहरुलार्इ समान स्वतन्त्रता र अधिकार दिइएको बताए । 

शुक्रबार चीनमा शिविरहरु नै मानिसहरुलाई हिरासतमा राख्ने स्थान भएको भन्दै चीनको आलोचना गरिएको थियो । सोमबार यसको उत्तर दिनका लागि करिब ५० जना अधिकारीहरु राष्ट्रसंघ पुगेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ