arrow

सभामुख महराको स्वीकारोक्तिः १२ बुँदे सहमति भारतको सहजीकरण र सहमतिमा 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
nepal-bharat.jpg

काठमाडौं । सभामुख कृष्णबहादुर महराले १२ बुँदे सहमति भारतको सहजीकरण र सहमतिमा भएको स्वीकार गरेका छन् । सशस्त्र द्धन्द्धमा रहेको माओवादीलाई राजनीतिक धारमा ल्याउन १२ बुँदेले विशेष मद्धत पुर्याएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महराले भारतको भूमिका अहम् रहेको बताए । 

भारतको ७२ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा सभामुख महराले भारतीय राजदूतका अगाडि भारतको प्रशंसा गरेका हुन् । 

यही कुराको खुलासा तत्कालीन भारतीय विदेश मन्त्री प्रणव मुखर्जीले गर्दा नेपालमा चर्को आलोचना भएको थियो । विदेशमा किन सहमति भनेर त्यतिबेला निकै चर्को आलोचनासमेत भएको थियो । 

नयाँ दिल्लीमा भएको उक्त १२ बुँदे सहमतिपछिमात्र नेपालमा राजतन्त्र हटाउन र संघीय गणतन्त्र ल्याउन मद्दत पुगेको महराले बताए । 

खुलेआम रुपमा महराले पहिलो पटक यस कुराको स्वीकार गरेका हुन् । उनले भारतलाई विशेष धन्यवादसमेत दिएका छन् । 

नेपाल भारत मैत्री संघले आयोजना गरेको कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पूरी तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ