arrow

किन पाकिस्तानले भारतलेभन्दा १ दिन अघि मनाउँछ स्वतन्त्रता दिवस ? 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
pakistan-india.jpeg

काठमाडाैं । भारत र पाकिस्तानको सन् १९४७ अगष्ट १५ मा स्वतन्त्र भएका थिए । यद्यपि पाकिस्तानले भने १४ अगष्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । 

१९४७ अगष्ट १४ मा पाकिस्तानलाई बेलायती लर्ड माउन्टबेटेनले स्वतन्त्र मुलुकको दर्जा दिएर सत्ता सुम्पिएका थिए । त्यसैले पाकिस्तान भारतभन्दा एक दिनअघि आफ्नो स्वतन्त्रता दिवस बनाउँछ । केहीले भने उक्त दिन रमजानको २७ औं दिन पनि रहेको र यो दिन इस्लामी क्यालेण्डरको निकै पवित्र दिन रहेको कारण पनि सोही दिनलाई स्वतन्त्रता दिवस मनाउने गरिएको बताउँछन् ।
 
यद्यपि सन् १९४८ मा पाकिस्तानको पहिलो हुलाक टिकटमा स्वतन्त्रता दिवस १५ अगष्ट १९४७ नै उल्लेख गरिएको थियो । पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाले भने १५ अगष्टमा नै पाकिस्तानको जन्म भएको बताएका थिए । जसअनुसार भारत र पाकिस्तान एकै दिन स्वतन्त्र भएका थिए । 

मंगलबार पाकिस्तान आफ्नो ७१ औं स्वतन्त्रता दिवस मानाउँदै छ । १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको पाकिस्तानले १४ अगष्टलाई उसले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका इमरान खानले पनि स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् । 

इमरान खानले पाकिस्तानले आगामी दिनमा अहिले देखिएको चुनौतीहरु पार गर्दै अघि बढ्नसक्ने विश्वास व्यक्त गरे । उनले आफूहरु जिन्नाको आदर्शअनुसार नयाँ पाकिस्तान निर्माणको योजनामा अघि बढिरहेको बताए । अगष्ट १८ मा इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिनेछन् । 

पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा इरानका राष्ट्रपति हसन रोउहानीले पनि शुभकामना दिएका छन् । पहिलोपटक इरानमा पनि पाकिस्तानको स्वतन्त्रता दिवसको खुसी मनाइने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ